$show=home

लोड हुँदैछ...

प्रमुख समाचार_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

स्वास्थ्य शाखा प्रमुख पदबाट योगेन्द्र प्रसाद चौरसियाको राजीनामा — राजनीतिमा सक्रिय हुने संकेत

  पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत रहँदै आउनुभएका श्री योगेन्द्र प्रसाद चौरसियाले स्वास्थ्य शा...

 



पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत रहँदै आउनुभएका श्री योगेन्द्र प्रसाद चौरसियाले स्वास्थ्य शाखा प्रमुख पदबाट औपचारिक रूपमा राजीनामा दिनुभएको छ। करिब ९ वर्ष  जागिर रहँदा–रहँदै पनि उहाँले यस्तो साहसी कदम चाल्नुभएको छ । अब आफ्नो समय र ऊर्जा राजनीतिक तथा जनसेवामूलक यात्रामा केन्द्रित गर्ने निर्णय लिनुभएको विश्वसनीय स्रोतहरूले बताएका छन्।


उहाँको राजीनामालाई स्थानीय स्तरमा ठूलो परिवर्तनको संकेतका रूपमा हेरिएको छ। स्वास्थ्य सेवामा लामो अनुभव र जनतासँग प्रत्यक्ष सम्बन्ध बनाएका चौरसिया ज्यूले अब जनताको सेवा अझ व्यापक र प्रभावकारी रूपमा गर्न राजनीतिक मार्ग रोज्नुभएको बताइन्छ।


स्रोतका अनुसार, आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) बाट मेयर पदका सम्भावित उम्मेदवारको रूपमा अघि बढ्न सक्ने चर्चा छ। हाल उहाँ पर्सा क्षेत्र नं. ४ मा “घण्टी” चुनाव चिन्हलाई समर्थन गर्दै संगठन विस्तार, जनभेटघाट र छलफलमा सक्रिय देखिनुभएको छ।


स्थानीयवासीहरू भन्छन्:


“स्वास्थ्य क्षेत्रबाट जनताको मन जित्नुभएका व्यक्तिको राजनीतिमा प्रवेश सकारात्मक संकेत हो। उहाँको सेवाभाव र इमानदार छविका कारण जनविश्वास बढ्दै गएको छ।”


राजनीतिक विश्लेषकहरूका अनुसार, प्रशासनिक अनुभव, स्वास्थ्य क्षेत्रको पृष्ठभूमि र जनसम्पर्क क्षमताले चौरसिया ज्यूलाई आगामी राजनीतिक यात्रामा बलियो आधार प्रदान गर्न सक्छ।


अब सबैको ध्यान उहाँको आगामी औपचारिक राजनीतिक घोषणा, पार्टीभित्रको भूमिकासम्बन्धी निर्णय र जनसमर्थनको अवस्थातर्फ केन्द्रित भएको छ।


जनताको सेवाप्रति प्रतिबद्धता जनाउँदै सुरु भएको यो नयाँ अध्यायले पर्साको स्थानीय राजनीतिमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content