बैंकहरूको सहयोगमा वीरगंज महानगरलाई नौ थान कम्प्युटर प्राप्त

वीरगंज , मंसिर – २४ । वीरगंज महानगरपालिकालाई शहरका विभिन्न बैंकहरूले नौ थान कम्प्युटर सहयोगस्वरूप उपलब्ध गराएका छन् । एक औपचारिक कार्यक्रमम...
वीरगंज , मंसिर – २४ । वीरगंज महानगरपालिकालाई शहरका विभिन्न बैंकहरूले नौ थान कम्प्युटर सहयोगस्वरूप उपलब्ध गराएका छन् । एक औपचारिक कार्यक्रममार्फत एभरेष्ट, लक्ष्मी सनराइज, सिद्धार्थ, कुमारी, ग्लोबल आइएमई, प्रभु, माछापुच्छ्रे, सिटिजन बैंक इन्टरनेशनल र प्राइम कमर्सियल बैंकले प्रत्येकी एक–एक थान कम्प्युटर महानगरलाई हस्तान्तरण गरे। गत भदौ २३ र २४ मा ‘जेन्जी’ नामक आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण महानगरको भवन तथा कार्यालयका सामग्री पूर्ण रूपमा नष्ट भएपछि नगरका सेवाप्रवाह अत्यधिक प्रभावित बनेका थिए । त्यसपछि नियमित प्रशासनिक कामकाज सहज बनाउन महानगरका सद्भावना दूत अशोक वैद्यको समन्वयमा बैंकहरूले यो सहयोग गरेका हुन् । कार्यक्रममा बोल्दै वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले बैंकहरूले विगतदेखि नै साथ दिएको स्मरण गर्दै संकटको घडीमा थप सहयोग पुर्यााएकोप्रति धन्यवाद व्यक्त गरे । उनका अनुसार, “महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो। यस्तो समयमा प्राप्त साथले फेरि उठ्ने हिम्मत र ऊर्जा दिएको छ ।” बैंकर एशोसिएशन पर्साका संयोजक तथा लक्ष्मी बैंक वीरगंज शाखाका प्रमुख रोहिणी आचार्यले नगरवासीलाई सहज सेवा उपलब्ध गराउनु बैंकहरूको दायित्व रहेको उल्लेख गर्दै आवश्यक उपकरण महानगरलाई सहयोगपूर्वक उपलब्ध गराएको बताए । यसअघि सूर्य नेपाल, औषधि व्यवसायी संघ पर्सा, एनपीएल समाज कल्याण संस्था, ब्रिटानिया नेपाललगायत विभिन्न संघ–संस्थाले कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा फर्निचर सामग्री सहयोग गरिसकेका छन् ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content