कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी दर्ता फारम खुला गरिएको छ। मधेस खेलकुद परिषद् अंतरगत पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक कुमार साह कानु ले सूचना जारी गर्दै खेलाडी दर्ता प्रक्रिया सुरु भएको जानकारी गराएका छन।
मधेस खेलकुद परिषद्को तेस्रो बोर्ड बैठकको निर्णयअनुसार १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको दर्ता फारम संकलन गरिने सूचनामा उल्लेख छ।
परिषद्का अनुसार खेलकुद तथा समाज कल्याण मन्त्री वसन्त कुमार कुशवाहाको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार यो प्रक्रिया अघि बढाइएको हो।
सूचनाअनुसार खेलाडी दर्ता फारम २०८२ साल पौष ३० गतेदेखि माघ १० गतेसम्म संकलन गरिने छ। इच्छुक तथा योग्य खेलाडीहरूले तोकिएको म्यादभित्र आ–आफ्नो विवरण दर्ता गराउन आग्रह गरिएको छ।
प्रतियोगिताका लागि छनोट हुने खेलाडीहरूले मधेस प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछन्।
खेलाडी दर्ता तथा छनोटसम्बन्धी थप जानकारीका लागि सम्बन्धित जिल्ला खेलकुद विकास समिति वा मधेस खेलकुद परिषद्को कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

COMMENTS