वीरगंज, २६ मंसिर । नगरप्रमुख राजेशमान सिंहले वीरगंज महानगरपालिका–१२ स्थित स्वास्थ्य चौकीको नवनिर्मित दुर्ई तले भवनको शुक्रवार उदघाटन गरेका छन् ।
कार्यक्रममा वडा अध्यक्ष सुरेश प्रसाद गुप्ता, महानगरका प्रमुख प्रशासकीय अधिकृत अर्बिन्द लाल कर्ण, वडासदस्यहरूलगायतको उपस्थिति थियो ।
कुल लागत १ करोड २५ लाखमा भएको स्वास्थ्य चौकी सञ्चालन भएपछि वडावासीलाई स्वास्थ्य सेवा उपलब्ध हुने मेयर सिंहले बताए । वीरगंज महानगरलाई स्वास्थ्य तथा सेवा सुविधामा स्वावलम्बी बनाउने लक्ष्य अनुसार वडा नं. १२ मा अत्याधुनिक भवन निर्माण गरी सेवा शुरू गर्न पाउनु खुशीको विषय रहेको मेयर सिंहले बताए । उनले यो भवन केवल संरचना मात्र होइन, स्वास्थ्य र प्रशासनिक सेवा प्रवाहलाई आधुनिक, सहज र जनमैत्री बनाउने हाम्रो प्रतिबद्धताको प्रतीक रहेको बताए।
मेयर सिंहले आगामी दिनमा वीरगंजका अन्य वडाहरूमा पनि यस्तै आधुनिक स्वास्थ्य चौकी तथा सेवा केन्द्रहरू स्थापना गर्दै महानगरलाई पूर्ण रूपमा सेवा–मैत्री बनाउने योजना रहेको बताए ।

COMMENTS