$show=home

लोड हुँदैछ...

प्रमुख समाचार_$type=three$m=0$rm=0$h=400$c=3$date=0$cat=0$show=home

सञ्चारमाध्यम समाजको ऐना– जितेन्द्र सोनल

बारा ९ कलैया । मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले सञ्चारमाध्यम समाजको ऐना भएको बताएका छन् ।  बुधवार मिडिया काउन्सिल मधेस ...

बारा ९ कलैया । मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले सञ्चारमाध्यम समाजको ऐना भएको बताएका छन् । 

बुधवार मिडिया काउन्सिल मधेस प्रदेशद्वारा बाराको कलैयामा आयोजित 'सञ्चारमाध्यमको अवस्था र चुनौती' विषयक अन्तरक्रिया कार्यक्रममा  बोल्दै प्रमुख अतिथि सोनलले सञ्चार क्षेत्रका अवसर र समस्यामाथि चर्चा गरे । 

प्रविधि र जनसंख्यामा आएको परिवर्तनसँगै सञ्चारमाध्यमले विभिन्न चुनौतीहरूको सामना गरिरहेको उनले बताए । सोनलले गुणस्तरीय समाचार, तथ्यपरक रिपोर्टिङ र स्वतन्त्र पत्रकारिताको सुनिश्चितता आजको आवश्यकता रहेको बताए । डिजिटल माध्यमको बढ्दो प्रभाव, पत्रकारहरूको सुरक्षाको महत्व तथा सञ्चार क्षेत्रको व्यावसायिक विकासबारे समेत प्रकाश पारे । उनले स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन गर्दै आधुनिक प्रविधिसँग अद्यावधिक हुन आवश्यक रहेको बताए । 

मिडिया काउन्सिलका अध्यक्ष सुरेश यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाललगायत बारा–पर्साका सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

सञ्चार क्षेत्रमा देखिएका समसामयिक समस्या र चुनौतीवारे वक्ताहरुले धारणा राख्दै समाधानका उपायमा जोड दिएका थिए । मिडिया काउन्सिलका प्रतिनिधिहरूले गोष्ठीमार्फत गुणस्तरीय, निष्पक्ष र जिम्मेवार समाचार सम्प्रेषणमा विशेष ध्यान दिन सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन् । 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् Delete द्वारा गृह पृष्ठ PAGES POSTS सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content